भरतपुरको मेयरमा हाम्रो दाबी छ : प्रचण्ड

73

काठमाडौँ । चितवनमा नेपाली कांग्रेसले चुनावी गठबन्धनको नाममा भरतपुर महानगरपालिकाको मेयर छोड्न नसक्ने बताइरहँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भरतपुरमा आफूहरुको दाबी रहेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीका क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले गठबन्धन भएको अवस्थामा महानगरपालिका र उपमहानगरपालिकाबारेको निर्णय केन्द्रबाटै लिने सहमति भएको पनि बताए । प्रचण्डले त्यस्तो अवस्थामा भरतपुर महानगरपालिकामा माओवादीले दाबी नछाड्ने बताएका छन् ।

“महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भन्ने छलफल चलिरहेको छ,” उनले भने,“भोलि हामी गठबन्धनको बैठक बस्दैछौँ । सम्भवतः महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौँ । तालमेलकै निर्णय हुन्छ । भरतपुरमा हाम्रो दाबी छँदै छ ।”

भरतपुर महानगरपालिकामा कांग्रेससँगको गठबन्धन गरेर २०७४ सालको निर्वाचनमा प्रचण्ड पुत्री रेणु दाहालले मेयर जितेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...