ओलीले भने– कांग्रेस एक जमानाको बलियो साँढे अहिले बैशाखीको सहारा खोज्दैछ

278

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले बैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा आइपुगेको टिप्पणी गरेका छन् ।

सोमबार कपिलवस्तुमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई ‘कुनै जमानाको ठुलो गोरु भएको बलियो साँढे’ भन्दै बैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

“नेपाली कांग्रेस एक जमानामा ठुलो जुरो भएको बलियो साँढे गोरु जस्तो थियो । अहिले बिचरा ! यतापट्टि एउटाको बैशाखी टेकेको छ । यता अर्काको बैशाखी टेकेको छ,” उनले भने ।

नेपालमा जति पनि पार्टी रहेको बताउँदै ती सबै मिलेर आए पनि एमालेसँग लड्न नसक्ने ओलीको भनाइ थियो । “अब नेकपा (एमाले)ले विजय हासिल गर्छ किनभने एमालेको विजय देशलाई चाहिएको छ । देशको विकासका लागि चाहिएको छ,” उनले भने ।

विभिन्न नेताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले कपिलवस्तु एमालेको लाल किल्ला भइसकेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...