बाँकेमा ९६ भूमिहीनलाई लालपुर्जा वितरण

223

बाँके । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमिविहीनले जग्गा धनीदर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यसवर्षको प्राथमिकतामा नै नरहेको भएपनि आफूले मन्त्रालय सम्हालेपछि गाउँब्लकमा लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम आगाडि बढाएको बताइन् ।

मन्त्री श्रेष्ठले चार महिनाको अवधिमा गाउँब्लमा रहेका १९ हजार ६ सयभन्दा बढी भूमिविहीनलाई लालपुर्जा वितरण गरिसएिको भन्दै अबको एक वर्षभित्र सबै गाउँब्लकको समस्या समाधान गरिसक्ने गरी कामलाई तीव्र पारिएको बताइन् ।

संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै उनले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् ।

मन्त्री श्रेष्ठले यो वा त्यो पार्टी नभनी जनताको पक्षमा काम गर्ने सबैसँग हातेमालो गरेर अघि बढ्न आफू तयार रहेको भन्दै सही काम गर्नेलाई जनताले पनि चिन्न आवश्यक रहेको बताइन् ।

मन्त्री श्रेष्ठले भूमिहीन दलित तथा भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत् काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमिसम्बन्धी समस्यालाई दिगो रुपमानै समाधान गर्न आफू लागिरहेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवन इच्छाकामना गाउँपालिका, काठमाडौँको कीर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमि नगरपालिका, तनहुँको बन्दीपुर र चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमिविहीनहरुलाई लालपुर्जा वितरण गरिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...