चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

220

काठमाडौँ । नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फकिएका छन् ।

तीन दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किका हुन् । विदेशमन्त्री यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन् ।

विदेशमन्त्री यी शुक्रबार काठमाडौँ आइपुगेका थिए । विदेशमन्त्री यीले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।

शनिबार दुई देशबीच विभिन्न ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...