शेखरलाई सुजाताको जबाफ– नेपाली कांग्रेस भारतीय कांग्रेसकै जस्तो अवस्थामा पुग्छ भन्न मिल्दैन

271

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गठबन्धन कायम राखेर चुनावमा जानुपर्ने धारणा राखेकी छन् ।

केन्द्रीय समिति बैठक चलिरहँदा केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै उनले गठबन्धनकै कारण कांग्रेसले सरकारको नेतृत्व गरिरहेको बताइन् ।

“गठबन्धनकै कारणले प्रधानमन्त्री पायौँ, चिफ मिनिस्टर पायौँ, अपर हाउस जित्यौँ,” उनले भनिन्,“त्यसैले गठबन्धन कायम राखेर चुनावमा जानुपर्छ भन्ने मलाई लाग्छ ।”

उनले गठबन्धन गर्दैमा नेपाली कांग्रेस पनि भारतीय कांग्रेसकै जस्तो हुन्छ भनेर तर्क गर्न नमिल्ने बताइन् । “पार्टीभित्र गुट–उपगुटको अन्त्य गर्नुपर्छ । गठबन्धन गर्दैमा नेपाली कांग्रेस भारतीय कांग्रेसजस्तो हुन्छ भनेर निराशाजनक कुरा गर्नु हुँदैन,” उनले भनिन्,“नेपाली कांग्रेस विलय हुँदैन ।”

सहमति, सहकार्य र एकता गरेर जानुपर्ने बेला पार्टीभित्र अनावश्यक झमेला ननिकाल्न सुजाताको सुझाव छ ।

अहिले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको, आफूसँग परामर्श नगरेकोलगायतका विषय शेखर कोइराला समूह पार्टी सभापतिविरुद्ध दबाब सिर्जना गरिरहेको छ । सँगै पार्टी सभापतिले गठबन्धन दलबीच चुनावी तालमेल गर्नुपर्ने धारण राखिरहँदा शेखर समूह त्यसको विपक्षमा छ ।

यस्तोमा शेखरकै बहिनी सुजाताबाट यस्तो धारणा आएको हो । शेखरले हिजोको एक सार्वजनिक कार्यक्रममा गठबन्धन गर्दै जाँदा कांग्रेस भारतीय कांग्रेस आईको अवस्थामा पुग्ने खतरा रहेको बताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...