प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

369

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री खाण आइतबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका हुन् ।

भेटमा सामसामयिक राजनीतिक विषय, स्थानीय तह निर्वाचन र शान्तिु सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको बताइएको छ ।

सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्दै छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाणले सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गरेर अगाडि बढ्ने विषयमा कुराकानी भएको छ ।

यसैगरी, अहिलेको शान्ति सुरक्षाको अवस्था र निर्वाचनमा शन्ति सुरक्षाको अवस्थाबारे पनि कुराकानी भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...