वीरगञ्जमा महिलामाथि एसिड प्रहार, दुईजना पक्राउ

268

काठमाडौँ । महिलामाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनलाई प्रकाउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१३ बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह छन् ।

आफ्नो माइतीघर बाराको कलैया उपमहानरपालिका–२३ कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका दुईजनाले ती महिलामाथि एसिड प्रहार गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...