धनकुटाका सबै स्थानीय तहमा जित्ने एमालेको दाबी

263

धनकुटा । धनकुटामा नेकपा (एमाले)ले जिल्लाका सात ओटै स्थानीय तहमा जित्ने दाबी गरेको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले धनकुटामा आसन्न स्थानीय तह निर्वाचनका लागि संयुक्त गठबन्धन गर्ने भनेर पत्रकार सम्मेलनमार्फत जानकारी गराएपसछि एमालेले यस्तो प्रतिक्रिया दिएको हो ।

सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी धनकुटाका सातै तहमा प्रमुख÷उप्रमुख र ६० ओटा वडामध्ये ५२ ओटा वडामा एमालेले जित्ने दाबी गरेको हो ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा धनकुटाका सातओटै स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ४३ ओटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

सत्तारुढ गठबन्धनका दलहरुले तालमेल गरेर जाने सहमति गरे पनि एमाले एक्लैले सबै पालिका जित्ने एमालेका केन्द्रीय सदस्य तथा धनकुटाका इञ्चार्ज राजेन्द्रकुमार राईले बताए ।

धनकुटामा गत निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा ८५ प्रतशितभन्दा बढी जनप्रतिनिधि एमालेको भएको र धनकुटामा अरु दलले चुनाव जित्ने भनेको दिवा सपना मात्र भएको राईले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...