चुनावमा वामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ : मन्त्री पौडेल

313

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र) वामपन्थी शक्तिमा पहिलो पार्टी हुने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताएका हुन् । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप लगाए ।

“माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको छ,” उनले भने, “देशी विदेशी शक्तिले चौतर्फी हमला गरिरहेको छ ।” पार्टीको महाधिवेशन सम्पन्न पछि पार्टी पुनःनिर्माणको क्रममा रहेको भन्दै आगामी निर्वाचनमा पहिलो वामपन्थी शक्ति हुने बताए ।

जन क्रान्तिको कार्यभार अझै बाँकी रहेको भन्दै सुशासन र समृद्धि हुँदै समाजवादको यात्रामा रहेको बताए । संविधानको प्रस्तावनामा जनताको मौलिक हक अधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको भन्दै अहिलेका स्थापित मुद्दाको मार्ग चित्रमा माओवादी भएको उल्लेख गरे ।

“हामीले बलिदान, त्याग, तपस्या र आत्म बलिदान नगरेको भए अहिलेको परिर्वतन आउने थिएन,” उनले भने, “माओवादीले प्राप्त गरेका उपलब्धि जीवन्त रहन्छन् ।”

माओवादी पार्टीबाट सरकारको जिम्मा लिनुभएका सार्थीहरुले धोकादिए (बादलसमूह),” उनले भने, “वैचारिक बहस थियो तर सरकारमै सहभागी भएर जिम्मेवारी लिएर धोका दिएका कमरेडहरु अहिले माओवादीलाई सराप्दै हिँडेका छन् ।”

मन्त्री पौडेलले आगामी निर्वाचनमा हामी आफ्नै बलबुतामा चुनाव लड्नु प्रमुख भएको भन्दै जनताका काममा थप लाग्न आग्रह गरे । हिजोको स्थितिमा माआवादी नभएको भन्दै पार्टी पहिलेभन्दा सुदृढीकरण भएको उनको दाबी छ ।

एमसीसीको बारेमा भ्रम सिर्जना भइरहेको बताउँदै कानुनअनुसार एमसीसी लागु हुने बताए । “जनताले उठाएका १२ बुँदे प्रश्नलाई कानुन बनाएर पास गरेका छौँ” उनले भने, “कानुनको अंग एमसीसी भएको छ । सहमतिअनुसार नभए एक महिनाभित्र खारेज हुन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...