सिंहदरबार गुरुयोजना छिट्टै अघि बढाउँछौँ : मन्त्री झाँक्री

243

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिटो अघि बढाइने बताएकी छन् । देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौँसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै उनले सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताएकी हुन् ।

शुक्रबार मन्त्रालयमा आयोजित सिंहदरबार गुरुयोजनाबारे छलफल कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनु पर्ने बताइन् । मन्त्री झाँक्रीले भनिन्, “देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तव्यस्त बनाएर गुरुयोजना अलपत्र पार्न मिल्दैन । सकेसम्म छिटो अघि बढाउन गृहकार्य थालेका छौँ ।”

सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत गरिने बताउँदै उनले सिंहदरबार गुरुयोजनामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सर्वसाधारणको प्रवेशलाई समेत व्यवस्थित बनाउनु पर्ने बताए ।

मन्त्री झाँक्रीले सिंहदरबार गुरुयोजना थप मजबुत बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण संलग्न टास्क फोर्स बनाएर गुरुयोजना बनाइने बताइन् ।

सहरी विकास सचिव डा.रमेशप्रसाद सिंहले सिंहदरबारलाई थप व्यवस्थित बनाउन गुरुयोजना अघि बढाइने बताए । सिंहदरबारभित्रको सुरक्षा प्रणाली उत्कृष्ट बनाउन यो गुरुयोजना महत्वपूर्ण हुने बताउँदै सिंहदरबार गुरुयोजनाले प्रशासनिक केन्द्रलाई थप व्यवस्थित गर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...