चुनावी तालमेलको जिम्मा स्थानीय तहलाई दिनुपर्ने पौडेल समूहको निष्कर्ष

219

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आसन्न निर्वाचनमा गरिने चुनावी तालमेलको जिम्म तल्लो तहलाई नै दिनुपर्ने बताएको छ ।

पौडेल निवास बोहराटारमा शुक्रबार बिहान बसेको उक्त समूहको बैठकले स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको निर्णय सम्बन्धित कार्यसमितिले नै गर्न पाउनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी एक नेताले चुनावी तालमेललाई सैद्धान्तिक रुपमा ठिक रहेको भन्दै स्वीकार गर्ने र तालमेलको निर्क्योल गरेर निर्णय गर्ने अधिकार केन्द्रले लाद्न नहुने निष्कर्ष निकालेको जानकारी दिए ।

भेलाले पार्टीको विधानअनुसार आसन्न निर्वाचनमा उम्मेदवारलाई टिकट वितरण गर्नुपर्ने निष्कर्ष निकालेको ती नेताले बताए । भेलामा सहभागी नेताहरुले आगामी निर्वाचनहरुमा चुनावी तालमेल आवश्यक भने रहेको बताएका छन् ।

भेलामा सहभागी जिल्ला सभापतिहरुले नेता पौडेलसँग पार्टीले गर्ने निर्णय र सरकारले गर्ने कामलगायतका विषयमा आफूहरुलाई काखापाखा गरिरहेको गुनासो गरेका थिए ।

भेलामा पूर्वमहामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्यसमेत रहेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्यद्वय बलबहादुर केसी, दीपक गिरीलगायत सहभागी थिए ।

Share This:
सम्बन्धित खबर
Loading...