प्रहरीको हत्या भएपछि लेटाङमा लगाइएको कर्फ्यु हटाइयो

239

विराटनगर । एक प्रहरी महिलाको मृत्यु हुनेगरी झडप भएपछि मोरङको लेटाङमा लगाइएको कर्फ्यु आज (बिहीबार) देखि पूर्णरुपमा हटाइएको छ ।

लेटाङस्थित एक विद्यालयमा छात्रालाई यौन दुर्व्यहार गरेको आरोप लागेका शिक्षकलाई सुरक्षा दिन गएको प्रहरी टोलीमा रहेकी प्रहरी जवान उर्मिला श्रेष्ठको गत आइतबार साँझ भीडको आक्रमणबाट निधन भएपछि सोमबार बिहानैदेखि त्यस क्षेत्रमा कर्फ्यु लगाइएको थियो ।

बुधबार केही खुकुलो परिएको कर्फ्यु बिहीबार बिहान ६ बजेदेखि पूरै हटाइएको स्थानीय प्रशासनले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...