‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा एमालेको काँधमा छ : ओली

370

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा एमालेको काँधमा रहेको बताएका छन् ।

बुधबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले देशलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ देखि समाजवादसम्म पुग्ने अभिभारा एमालेसँग रहेको बताएका हुन् ।

एमालेसँग आजका समस्या र चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा रहेको ओलीले धारणा राखे । “जनताको अभिमतबाट पूरा गर्न सक्ने भएकाले निर्वाचनबाट बहुमत ल्याउनुपर्छ ।”

उनले अहिले कम्युनिस्ट पार्टीहरुमध्ये मात्र नभएर देशकै सबैभन्दा ठुलो पार्टी भएको स्पष्ट पारे । “भुलवश, भ्रमवश अहिले पनि मान्छेहरु भनिरहेका छन् । वास्तविकता त्यस्तो होइन । नेकपा (एमाले) देशको सबैभन्दा ठुलो र प्रमुख राजनीतिक पार्टी हो,” उनले भने,“आज वर्तमानको जनविश्वासको हिसाबले, जननिर्वाचित संस्थाहरुमा प्रतिनिधित्वको हिसाबले, राष्ट्रलाई अगाडि बढाउने नीतिका प्रश्नमा, अरु व्यवहारिक प्रश्नमा, हामी प्रमुख पार्टी हौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...