काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता एवम् संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संघीयता विरोधीहरुले नै संघीय व्यवस्थामा हालीमुहाली गरिरहेको बताएका छन् ।
वाइसिएल नेपाल भक्तपुरको प्रशिक्षण कार्यक्रममा उनले जसको नीति उसैको नेतृत्व हुनुपर्ने बताउँदै संसदवादी पुराना दलले यसलाई पुरानै लयमा लैजान खोजेको र भ्रष्टाचारको अखण्डा बनाएको आरोप लगाए ।
संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरी नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत सदस्य राष्ट्र बनाउने षड्यन्त्र रोक्न भूमिका खेलेको भन्दै नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत राख्न अझै पनि प्रयास भइरहेको बताए ।
पार्टीका केन्द्रीय सदस्यहरु दिलिप प्रजापति, देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ, रामप्रसाद सापकोटालगायतले समसामयिक राजनीतिक र युवाहरुको भूमिकामाथि प्रकाश पारेका थिए ।