केपी ओली नेपाली राजनीतिका अराजक पात्र हुन् : नेता पौडेल

308

काठमाडौँ । नेपाली कांग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन् ।

लमजुङको मध्यनेपालमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका प्रभावशाली नेता पौडेलले प्रमुख प्रतिपक्षी दलका नेता ओली नेपाली राजनीतिकै अराजक पात्र भएको आरोप लगाएका हुन् ।

नेता पौडेलले भने, “दुई तिहाइ मत पाएर सरकार चलाउने म्यान्डेट पाएका ओलीले आफ्ना समकक्षीलाई पनि सम्मान गर्न सक्नुभएन । न सरकारमा हुँदा आफ्ना समकक्षीलाई सम्मान गर्नुभयो न बाहिर हुँदा । पार्टीभित्र र बाहिर उहाँले कसैलाई सम्मान गर्न सक्नुभएन । उहाँमा बढी नै अहंता छ । सरकारमा हुँदा कार्यकर्तालाई अरिंगाल भएर टोक भन्ने कहिले के भन्ने‘ ।”

“निर्वाचनमा जनताले जहिले पनि घोषणा पत्रलाई हेरेर उम्मेदवारलाई भोट दिने गरेका छन् । घोषणालाई अनुमोदन गर्ने गरेका छन् । तर, दलले कहिल्यै पनि जनमतलाई कदर गरेनन् । अहिले एमालेले पनि जनमतलाई बुझेन । दुई–दुई पटकसम्म संसद्को हत्या गर्यो,” नेता पौडेलले थपे ।

Share This:
सम्बन्धित खबर
Loading...