कांग्रेस नेता पौडेलले भने– ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसक्यो

114

स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसकेको बताएका छन् ।

स्याङ्जाको पुतलीबजारस्थित पार्टी कार्यालयमा आइतबार ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत वडाहरुमा खटाइएको टोलीका संयोजकको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनताले दिएको म्यान्डेडअनुसार झन्डै दुईतिहाइ प्राप्त सरकारलाई पाँच वर्ष टिकाउन नसक्दा ओलीले नेतृत्व गर्न सक्षम छैनन् भन्ने प्रमाणित भएको नेता पौडेलको दाबी थियो ।

राजनीतिमा बारम्बार परीक्षण हुने मौका प्राप्त नहुने जिकिर गर्दै उनले अब जनता माझ गएर एमालेकको मत माग्ने हैसियत नै नभएको टिप्पणीसमेत गरे ।

Share This:
सम्बन्धित खबर
Loading...