हामी एक्लै चुनाव लड्न तयार छौँ : मन्त्री पौडेल

129

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) एक्लै चुनाव लड्न तयार भएको बताएका छन् ।

बागलुङ–काठमाडौँ सम्पर्क समन्वय समिति काठमाडौँ आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै उनले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।

“हामी अरुभन्दा धेरै लचिलो छौँ,” मन्त्री पौडेलले भने, “हामी आफ्नै बुताले चुनाव लडेर जित्छौँ । हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन् ।”
कांग्रेसका कार्यकर्ताले माओवादीको कारण परिर्वतन भएको भन्ने बहस भएको भन्दै सहिद परिवारले उनीहरुको सपना साकार पार्न सक्रियतापूर्वक राजनीतिमा लाग्न आग्रह गरे ।

माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धि हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियवादी लागेको आरोप लगाए ।

विचार, राजनीति, र दृष्टिकोण फरक भएपनि जिल्लाको विकासका लागि नेताहरु एकमत रहेको भन्दै बागलुङको विकासका लागि जीवन रहनुन्जेल व्यत्तित् गर्ने बताए ।

यस्तै माओवादी केन्द्रीय सदस्य दिनानाथ शर्माले अहिले सरकारमा राख्ने र सडकमा पुर्याउने शक्ति माओवादी भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...