जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै चुनावमा पूरै तयारीका साथ होमिनु : प्रचण्ड

291

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएको टिप्पणी गरेका छन् ।

शनिबार प्रचण्डको सचिवालयले उनको भनाइसहित तस्बिर सामाजिक सञ्जालमा राखेको छ ।

प्रचण्डले पार्टीलाई निशाना बनाइएको भन्दै जनयुद्धमा आक्रमणको तयारी गरेजस्तो तयारी गर्नुपर्ने उल्लेख गरेका हुन् ।

“प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएका छन् । जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी छ,” प्रचण्डले भनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...