काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्यालहरुको मोर्चा कसेर हात्तीको शिकार गर्न नसकिने भन्दै गठबन्धनप्रति टिप्पणी गरेका छन् ।
नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौँमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन केही नभएको प्रष्ट पारे ।
अध्यक्ष ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिए ।
“यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले हो र गठबन्धन बनाइदिएको ? भोटले हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाउ भन्ने हो, हामी जनताको बीचमा जाने हो ।”