माओवादी केन्द्रले बनायो रेणु दाहाललाई चितवन इञ्चार्ज

265

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले चितवन जिल्लाको इञ्चार्जमा रेणु दाहाललाई चयन गरेको छ ।

माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इञ्चार्जको जिम्मेवारी दाहाललाई दिएको हो । त्यस्तै, संयोजकमा आरसी अधिकारी चयन भएका छन् ।

विद्यार्थी राजनीतिबाट आएकी दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुन् । उनी माओवाद माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’की छोरी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...