एकीकृत समाजवादीद्वारा अनुगमन टोली गठन, क–कसले पाए जिम्मेवारी ?

388

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका सात ओटै प्रदेश कमिटीको गतिविधिको अवस्था बुझ्न केन्द्रीय नेताहरुको नेतृत्वमा अनुगमन टोली गठन गरेको छ ।

बिहीबार काठमाडौँमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको गतिविधिलाई प्रभावकारी बनाउनका लागि सात ओटै प्रदेश कमिटीको गतिविधिको अनुगमन गर्ने निर्णय गर्दै अनुगमनका लागि केन्द्रीय नेताहरुको नेतृत्वमा टोली गठन गरेको हो ।

जसअनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमति प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव बेदुराम भुषाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झाको नेतत्वमा अनुगमन टोली बनाइएको हो ।

बैठकले स्थानीय तह निर्वाचनको नारा ‘जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने तय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले आगामी निर्वाचनका तालमेलका लागि पार्टी खुला रहेको पनि बताए । त्यस्तै, उनले आगामी निर्वाचनका लागि उम्मेद्वारको मापदण्ड निर्माण गरिरहेको उल्लेख गरे ।

बैठकमा गठबन्धन र केन्द्रीय कमिटी निर्णयका बारेमा पनि छलफल भएको खतिवडाले बताए । त्यस्तै, उहाले संगठन निर्मााणको अभियानलाई चूनाव प्रसारको अभियानसंग जोड्ने जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...