आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्छ : ईश्वर पोखरेल

291

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् ।

सोमबार जनकपुरधाममा एमालेको सातौँ धनुषा जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले यसअघि विभिन्न दल मिलेर बहुमत प्राप्त भएको भन्दै आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत प्राप्त गर्ने दाबी गरेका हुन् ।

उनले एमालेलाई बहुमत प्राप्त पार्टी बनाउन कसैसँग तालमेलको आवश्यक नरहेको जिकिर गरे । उनले एमाले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको खिलाफमा उभिने पार्टी बनेर देखाउने पनि बताए ।

त्यस्तै, पोखरेलले एमालेलाई मजबुत पार्टी बनाइ देश विकासतर्फ लानुपर्ने अहिलेको आवश्यकता भएको जिकिर गरे ।

Share This:
सम्बन्धित खबर
Loading...