स्थानीय तहको चुनाव बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

357

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका बहिस्कार गर्ने निर्णय गरेको छ ।

फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो ।

बैठकमा महासचिव वैद्यले ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकमा राजनीतिक प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमा स्थानीय तह निर्वाचन बहिस्कार गर्ने नीति अवलम्बन गरिएकोमा बैठकले पारित गरेको हो ।

बैठकले एमसीसीको विरोध गर्दै सोविरुघ सशक्त विरोध तथा भण्डाफोरसहित राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको पक्ष र सम्झौताको खारेजीका लागि संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णय पनि गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...