काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । शनिबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा मेयर सरावगीसहित ४ जना वडाध्यक्ष एमालेमा प्रवेश गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
सरावगीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रभु साह, रघुवीर महासेठलगायत नेता सहभागी थिए ।
पछिल्लो समय जसपामा रहेका सरावगीले पार्टीले असहयोग गरेको बताउँदै आएका थिए ।
आगामी स्थानीय तहको चुनावमा पुनः वीरगञ्जको मेयरमा उम्मेदवारी दाबी गर्दै आएका सरावगी केही समय अगाडिदेखि एमाले प्रवेशका लागि नेताहरुसँग वार्तामा थिए । वार्ता ‘सफल’ भएपछि शनिबार उनी एमाले प्रवेश गरेका हुन् ।