ओलीको प्रश्न : सांसद्ले भत्ता खानेबाहेक के गरेका छन् ?

394

काठमाडौँ । प्रमुख पतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्ले कामै गर्न नसकेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सांसद्हरु भत्ता खानेबाहेक काम नगरेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताए । “संसद्लाई निकम्मा बनाएर अहिलेको जस्ता भत्ता खानेबाहेक के काम गरेको पार्लियामेन्टले ?” उनले प्रश्न गरे ।

मुद्दा लडेर फिर्ता ल्याएको संसद्मा भत्ता खानेबाहेक केही काम नभएको भन्दै ओलीले थपे,“सर्वोच्च अदालतले टीको लगाइदिएर सरकार बनेको छ । अनि के काम गरुन् । त्यसैकारण हामी भन्छौँ जनतामा जानुपर्छ ।”

उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताए । “पुरानो जनादेशले काम गरेसम्म गर्नुपर्छ । त्यसले गरेन भने नयाँ जनादेशका लागि जनतामा जानुपर्छ र ताजा जनादेश ल्याउनुपर्छ,” उनले भने ।

अध्यक्ष ओलीले चुनावमा जाँदा आफू स्वाहा हुने डर भएकाहरुले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको टिप्पणी गरे । ओलीले अबको चुनावमा एमालेले स्वीप आउट गर्ने बताए ।

“यिनीहरु चुनावबाट भाग्न खोज्दैछन्, भागेर कहाँ जान्छौँ ? चुनाव त गराउनैपर्छ । त्यहीबेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौँ । परमादेशबाट एमालेलाई हटाइयो, अब रोकिन्छ भन्ने नसोचे हुन्छ । एमाले एउटा भेल हो, यो भेल अगाडि आउँदै छ निर्वाचनको माध्यमबाट,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...