कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाले अब पिसिआर टेष्ट गर्न नपर्ने : स्वास्थ्य मन्त्रालय

297

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई स्वास्थ्य उपचारका लागि पिसिआर टेस्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई पिसिआर टेष्ट अनिवार्य हुने छैन ।

यसअघि, अस्पतालमा अपरेसनलगायत भर्ना हुनका लागि पिसिआर अनिवार्य चाहिन्थ्यो ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...