अब हामीले आफ्नै बलमा चुनाव जित्ने हिम्मत गर्नुपर्छ : प्रचण्ड

293

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादी पार्टी जनवादी युगबाट समाजवादी युगमा प्रवेश गरेको बताएका छन् ।

शुक्रबार वीरेन्द्रनगरमा आयोजित माओवादी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,“हामी क्रान्तिको रक्षा र प्रतिक्रान्ति रोक्न सक्षम भएको कुरा स्थापित भएको छ । अब रंगिन क्रान्ति गर्न हामी तयार छौँ ।”

अध्यक्ष प्रचण्डले पार्टीको निर्वाचन केन्द्रित २ महिने अभियान सुरु भएको बताउँदै अब आफ्नै बलबुतामा अघि बढ्दा उचित हुने उल्लेख गरे ।

“स्थानीय तह निर्वाचन आउँदै छ । यस्तोमा हाम्रो पार्टीको निर्वाचन लक्षित २ महिने अभियान सुरु हुँदै छ,” उनले भने,“अब हामीले आफ्नै बलमा चुनाव जित्ने हिम्मत गर्नुपर्छ । गठबन्धनको बैशाखी टेकेर चुनाव जित्ने सपना नदेखे हुन्छ ।”

प्रचण्डले निर्वाचनमा ढुक्क भएर लाक्ष्न पनि आग्रह गरेका छन् । “कर्णाली भनेको माओवादीको आधार इलाका हो,” उनले भने,“तपाईंहरु आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित हुने गरेर मैदानमा होमिनुस् ।”

अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग नियोग एमसीसी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा संसद्मा दर्ता भएको पनि बताए । एमसीसीको विषयमा माओवादीले देशलाई ठुलो दुर्घटनाबाट बताएको उनको भनाइ थियो ।

“एमसीसीका कारण देखाइ नेपालको सिंगो परिवर्तनमाथि, संविधान, संघीयता र व्यवस्थापिकामाथि हमला गरिँदै थियो । तर, हामीले गर्दा त्यो हुन पाएन,” उनले भने, “मुलुकको राजनीतिक कमान्ड माओवादीले गरिरहेको छ । त्यसले राष्ट्रको अहित हुने खालका गतिविधिका विरुद्धमा माओवादी अग्रसर हुन्छ नै ।”

Share This:
सम्बन्धित खबर
Loading...