भक्तपुरमा महिलाको घाँटी रेटी हत्या गरेको आरोपमा दुईजना पक्राउ

185

भक्तपुर । भक्तपुर प्रहरीले चक्कुले घाँटी रेटी महिलाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

फागुन २३ गते जिल्लाको चाँगुनारायण नगरपालिका–७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र महिलाको लाश फेला परेको थियो । सोही घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उनीहरु दुई जनालाई बुधबार पक्राउ परेको परिसर भक्तपुरले बिहीबार जनाएको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका– २ भकुण्डेवेशी स्थायी घर भइ हाल भक्तपुर नगरपालिका–१० थलाछे बस्ने ४४ वर्षीयरमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ चौवास स्थायी घर भइ हाल भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने वर्ष ३८ का नवराज रिजाल रहेको महनगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सूचना अधिकृत राजु पाण्डेका अनुसार निज मृतक महिला काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी भइ हाल भक्तपुर नागपोखरी बस्दै आएकी २८ वर्षीया जेनिशा नगरकोटी रहेको खुलेको जनाए । यसअघि महिलाको पहिचान हुन सकेको थिएन ।

सो घटनामा मृतकको चक्कुले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएकोमा सम्लग्न व्यक्तिहरुलाई खोजतलास गरी पक्राउ गरेको पाण्डेले जनाए ।

खोजी गर्दै जाने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइ बिहीबार ज्यानसम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...