राष्ट्रिय राजनीतिको निर्णायक भूमिकामा माओवादी : प्रचण्ड

211

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताएका छन् ।

देश माओवादीकै एजेन्डामा चलिरहेको बताउँदै उनले राष्ट्रिय राजनीति माओवादीकै इशारामा चलिरहेको उनको भनाइ छ ।

शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सबै निर्वाचनसम्म गठबन्धन सुरक्षित रहने बताए । “गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ,” उनले भने ।

माओवादी केन्द्र कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका उनले एमसीसीको विषयलाई लिएर गठबन्धनमा कुनै खटपट नभएको बताए । प्रचण्डले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइरहेको दाबी गरे ।

एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको अध्यक्ष प्रचण्डको दाबी छ । “अन्ततः हामीले केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमति गरेका छौँ, यी सम्पूर्ण विषयको समाधान भइसकेको छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...