गुटबन्दी र अन्तरविरोधले मुलुक परिवर्तनको जस माओवादीले लिन सकेन : प्रचण्ड

273

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण मुलुकको परिवर्तनको जस माओवादीले लिन नसकेको बताएका छन् ।

बुधबार काठमाडौँमा पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघ(प्रस्तावित)को केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आजको परिवर्तनको प्रमुख बाहक माओवादी भएपनि गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण त्यसलाई स्थापीत गर्न नसकेको बतए ।

उनले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकोसमेत बताए । पार्टीको केन्द्रीय कमिटीमा समावेशीका साथै बाह्य क्षेत्रको सहभागीता पनि गराउनुपर्ने आफ्नो प्रस्ताव गरेको र त्यसमा समग्र पार्टी गम्भीर रहेको उनले बताए ।

त्यस्तै, प्रचण्डले अहिले पनि लगातार संविधानमाथि प्रहार भइरहको भन्दै यसलाई जोगाउन लागिपरेको धारणा राखे । समाजवाद उन्मुख अर्थतन्त्रलाई ठिक ढंगले लागु गर्नका लागि अघि बढ्नुपर्ने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...