देश बनाउने जिम्मेवारी एमालेको प्राथमिकतामा : ओली

241

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको जिम्मेवारी आफ्नो दलको प्राथमिकता रहेको बताएका छन् ।

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिए ।

जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताए । आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको बताउँदै एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गरे ।

विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीको सिद्धान्तअनुसार देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...