एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कांग्रेसमा प्रवेश

286

काठमाडौँ । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका नेकपा (एमाले)बाट निर्वाचित अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा मंगलबार प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुले क्षेत्रीलाई कांग्रेस प्रवेश गराएका हुन् । सो क्रममा देउवाले कांग्रेसको सदस्यता प्रदान गरेका थिए ।

पार्टी प्रवेशपछि क्षेत्रीले एमाले सिन्धुपाल्चोकमा जुरेको भन्दा ठुलो पहिरो गएको र यो कांग्रेसले मात्रै सम्हाल्नसक्ने बताए । उनले आफू संस्कारयुक्त पार्टीमा आएको पनि धारणा रारे ।

क्षेत्रीसँगै सिन्धुपाल्चोकका एमाले केही नेता र कार्यकर्ताहरु पनि कांग्रेस प्रवेश गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...