रंगेली नगरपालिका प्रमुख दिलिप अग्रवाल माओवादीबाट निष्कासित

300

विराटनगर । नेकपा (माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल (बगडिया)लाई पार्टीबाट निष्कासन गरेको छ ।

नेकपा (एमाले)मा प्रवेश गर्ने तयारीमा रहेका अग्रवाललाई माओवादी प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले विज्ञप्ति जारी गर्दै पार्टीको आचरणविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी दिएका छन् ।

उनलाई पार्टी प्रवेश गराउन एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार रंगेली आउँदैछन् ।

उनलाई पालिका प्रमुखको पदबाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको नेम्वाङले जानकारी दिए ।

उनी माओवादी केन्द्रबाट मोरङमा स्थानीय तहको निर्वाचन जित्ने एक्लो पालिका प्रमुख हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...