माओवादीको केन्द्रीय सदस्यमा ५० जना मानोनीत

249

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले ५० जना सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

काठमाडौँमा सोमबार बसेको माओवादी केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रस्ताव गरेको ९७ जनामध्ये ५० जनालाई मात्र केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

बैठकमा अन्य नाममा भने सहमति जुट्न नसकेको नेताहरुले जनाएका छन् । हाल केन्द्रीय सदस्य संख्या २९७ जना मात्रै हुने र बाँकी पछि थपिने माओवादीले जनाएको छ ।

त्यस्तै, माओवादीमा २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था गरेको छ । पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन अर्को बैठकबाट गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको माओवादी नेता जनार्दश शर्माले जानकारी दिए । त्यस्तै, एमसीसीका विषयमा आगामी जेष्ठ २० गते बस्ने बैठकमा थप छलफल हुने उनले बताए ।

माओवादीले स्थानीय तहमा चुनावी तालमेलका लागि एक कार्यदल बनाउने निर्णय समेत गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...