कोञ्ज्योसोममा एकैघरका ५ जनाको मृत्यु

270

काठमाडौँ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुस्थित एकैघरमा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

स्थानीय काइली स्याङ्तानको घरमा आइतबार राति खाना खाएर सुतेकामध्ये ४ जना सोमबार बिहान मृत भेटिएका थिए । त्यस्तै, दुई दिने नाबालको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृतु भएको हो ।

“चार जनाको घटनास्थलमा मृत र एक शिशुको उपचारका क्रममा मृत्यु भएको हो,” महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले भने ।

ज्यान गुमाउनेहरुमा ५५ वर्षीया काइली स्याङ्तान, उनकी बुहारी २२ वर्षीया सुष्मा स्याङ्तान, ९ वर्षीय बालक आशिष स्याङ्तान, ५ वर्षीया बालिका आस्मा स्याङ्तान रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उक्त घटनामा २३ वर्षीय सुभास स्याङ्तानको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा विषको बट्टाजस्तो देखिने बट्टा समेत फेला परेको छ । अहिले इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमको टोली, महानगरीय प्रहरी वृत, चापागाउँको टोली र परिसर ललितपुरको टोली घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...