सत्तारुढ दलले निर्वाचनलाई पर धकेल्ने बहाना गरे : ज्ञवाली

245

नुवाकोट । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलहरुले स्थानीय तहको निर्वाचन पर धकेल्ने बहाना स्वरुप प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’को कुरा उठाएको आशंका गरेका छन् ।

नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले भने,“स्थानीय तहको निर्वाचनलगत्तै प्रतिनिधिसभाको जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न तयार छ ।”

सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै एमाले नेता ज्ञवालीले सरकारमा रहेका दलहरु अमेरिकी सहयोग परियोजना एमसीसीलाई अनावश्यक रुपमा गिजोलेर भूराजनीतिक विषय बनाएको आरोप लगाए ।

Share This:
सम्बन्धित खबर
Loading...