गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग विफल भयो : नेम्वाङ

372

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग विफल भएको बताएका छन् ।

शनिबार काठमाडौँमा प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशको संयुक्त प्रथम अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले सरकार र संसदले केही काम गर्न नसकेको र अदालतलाई पनि सरकारले काम गर्न नदिएको बताए ।

उनले अहिलेको अवस्थामा संविधानबमोजिम चुनाव हुनुपर्ने र जनताले नै फैसला गर्ने भन्दै गठबन्धन दलहरु चुनावमा जान डराइरहेको धारणा राखे ।

आफूहरुले गल्ती गरेको भए निर्वाचनमा जनतामाझ शिर निहुराउन आफूहरु तयार रहेको भएपनि गठबन्धन दलहरु अझै पनि निर्वाचन सार्ने सोचमा रहेको उनले बताए ।

नेम्वाङले एमसीसी अनुमोदनका समयमा सरकारमा बस्ने दलहरुले दोहोरो चरित्र देखाएको आरोपसमेत लगाए ।

उहाले एमाले नेतृत्वको सरकारले गरेको असाधारण विकासप्रति डराएर षडयन्त्रपूर्वक सरकारबाट हटाएको तर्क गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...