स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल हुँदैन : राजन भट्टराई

256

काठमाडौँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य राजन भट्टराईले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल नहुने बताएका छन् ।

शनिबार काठमाडौँमा नेपाल सितोरियो कराँते डो–संघ गोल्फुटार डोजोको कराँते भवन उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले यसअघिको निर्वाचनमा चुनावअघिको तालमेल सफल हुन नसकेको भन्दै स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल नहुने बताए ।

निर्वाचनमा आ–आफ्नो दलले गरेको काम लिएर स्वर्थ प्रतिस्पर्धामा जानुपर्ने उनको भनाइ छ ।

त्यस्तै, उनले निर्वाचनपछि भने दलहरुबीच तालमेल हुन सक्ने धारणा राखे । उनले एमसीसी पारित भइसकेको अवस्थामा मुलुकको हितका आधारमा यसलाई अघि कार्यान्वयनम लानुपर्ने बताए । एमसीसीमा देखिएका कमीकमजोरीहरु सच्चाउनुपर्ने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...