माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

142

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ ।

राष्ट्रियसभा गृहमा बस्ने बैठक २२ गतेसम्म चल्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए । अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर पार्टीभित्र तीव्र विवाद बढिरहेको बेला बैठक बस्न लागेको हो ।

एमसीसीका विषयमा पूर्वस्थायी समिति बैठकले निर्णय गरे पनि केन्द्रीय समितिबाट अनुमोदन हुने भएको छ । त्यस विषयमा अधिकांश नेताहरुले आलोचना गर्ने तयारी गरेका छन् ।

पार्टीको आठौँ महाधिवेशनविपरीत गएर एमसीसी पारित गरिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को आलोचना गर्ने तयारी गरेका छन् । त्यसमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, लेखनाथलगायत नेताहरुले असन्तुष्टि पोख्दै आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...