सबै देशभक्त एक हुने र मोर्चा बनाउने विषय सकारात्मक : भीम रावल

97

काठमाडौँ । नेकपा (एमाले)का नेता डा.भीम रावलले स्वाधिनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने विषय सकारात्मक रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा नेकपा एमाले अछाम काठमाडौँ सम्पर्क मञ्चको ११औँ सम्मेलन उद्घाटन गर्दै राववले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भेटवार्ता भएको र सबै देशभक्त एक हुने र मोर्चा बनाउने उनीहरुको प्रस्ताव सकारात्मक रहेको बताए ।

देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने उनले बताए ।

त्यस्तै, उनले राष्ट्रघाती एमसीसी पारित गर्ने दलहरुका नेतालाई जनताले आगामी चुनावमा ठोक्नुपर्ने समेत बताए । उनले एमसीसी पारित भएसँगै नेपालको आत्मनिर्णयको अधिकारमाथि गम्भीर धक्का लागेको धारणा राखे ।

रावलले मुलुकको हितमा बोल्दा कसैले हिरो भन्नु स्वभाविक रहेको उल्लेख गरे । राष्ट्रघाती विषयमा मात्र आफूले बोलेको भन्दै उनले पार्टीको हितविपरीत कहि कतै नबोलेको तर्क गरे ।

त्यस्तै, रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेको आशंका व्यक्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...