संसद्को अवरोध खुलाउन आग्रह गर्ने सत्ता गठबन्धनको निर्णय

350

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठकले प्रमुख पतिपक्षी दल नेकपा (एमाले)लाई संसद् बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक, हवाई विधेयकलगायत महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सदन खोल्न आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।

“सार्वभौम संसद् लामो समयसम्म सञ्चालन नहुँदा जनतामा संसद्प्रति नै नकरात्मक धारणा बन्न सक्छ,” उनले भने,“बैठकले प्रमुख प्रतिपक्षी दललाई संसद्लाई सञ्चालन गरेर राष्ट्रका यावत् समस्याहरुका बारेमा संसदमा छलफल गर्न वातावरण तयार गर्नका निम्ति आग्रह गर्ने निर्णय गरेको छ ।”

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सहयोग गरेकामा नेताहरुलाई धन्यवाद दिएको पनि उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...