एमसीसी सम्झौता अनुमोदनपछि प्रधानमन्त्रीसँग प्रचण्ड र नेपालको छुट्टाछुट्टै भेटवार्ता

151

काठमाडौँ । सत्ता साझेदान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

आज बिहान ९ः३० बजेदेखि १० बजेसम्म अध्यक्ष नेपालले र त्यसपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।

फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएपछि प्रधानमन्त्रीसँग सत्ता साझेदार दुई दलका अध्यक्षले भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो ।

पार्टीभित्र मतभेद कायमै रहेको अवस्थामा फागुन १५ गते व्याख्यात्मक घोषणासहित गठबन्धनमा रहेका दलहरुले एमसीसी संसदबाट अनुमोदन गर्न सहमत भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...