नारायणकाजी श्रेष्ठ र विप्लवबीच भेटवार्ता

227

काठमाडाैँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’बीच भेटवार्ता भएको छ ।

श्रेष्ठ निवास हरिसिद्धिमा दुई नेताबीच केहीबेर अघिदेखि छलफल भइरहेको हो ।

प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनमा आफ्नो पार्टी संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग असन्तुष्ट छन् ।

यहीबीच विप्लव पार्टी एकता गर्ने प्रस्ताव लिएर श्रेष्ठकहाँ पुगेको स्रोतले जनाएको छ । श्रेष्ठले पूर्व एकता केन्द्र ब्युँताउने तयारी गरिरहेका बेला विप्लवले उनीसँग भेटवार्ता गरेका हुन् ।

यसअघि मंगलबार श्रेष्ठ फकाउन प्रचण्ड उनको निवासमा पुगेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...