सभामुखलाई ओलीको चेतावनी : संसद्‌बाट निष्कासन गर्न नपरोस्

258

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग ल्याउन सक्ने चेतावनी दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकले एमसीसी पारित गरेपछि त्यसबारे पार्टीको धारण सार्वजनिक गर्न मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले कुन बेला कसरी सबै हेक्का राखेर सभामुखविरुद्ध महाअभियोग ल्याउने चेतावनी दिए ।

“हामीले सभामुखको आलोचना गर्दा महाअभियोग किन ल्याउन हुन्न भन्नु हुन्छ । एमाले एउटा जिम्मेवार पार्टी हो । कुन बेला कसरी महाअभियोग ल्याउने भन्ने कुरा हेक्क नराखेर खुरुखुरु गर्दै,” ओलीले भने,“सभामुखमाथि महाअभियोग ल्याउन सकिँदैन भन्ने होइन । ल्याउन सकिन्छ ।” यदि सभमुखले राजीनामा दिएमा नल्याउने ओलीले बताए ।

‘हामी उहाँको (सभामुख) राजीनामा पर्खिरहेका छौँ । ससम्मान बर्हिगमित हुनुस् । ससम्मान हट्नुस्,’ यदि सभामुखले राजीनामा नदिए संसद्‌बाट निष्कासन गरिने ओलीले चेतावनी दिए । “उहाँका क्रियाकलाप अनुचित छन् । उहाँका क्रियाकलाप सच्याउने वा कुनै व्यक्तिप्रति एक्सन लिँदा कसरी लिने कुनबेला लिने भन्ने कुरा एमालेले विचार गर्छ,” ओलीले भने ।

Share This:
सम्बन्धित खबर
Loading...