प्रचण्ड र माधवलाई ओलीको प्रश्न : एमसीसी राष्ट्रघाती भए किन पारित गरेको ?

376

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विषयमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले द्वैध चरित्र देखाएको आरोप लगाएका छन् । अमेरिकी सहयोग परियोजना राष्ट्रघाती भनेर कार्यकर्ता सडकमा उतार्न र पास गर्ने काम ति दलले गरेको उनको आरोप थियो ।

मंगलबार काठमाडौँमा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सभामुख अग्निप्रसाद सापकोटा र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का सांसद्हरुको पद जाने भएकाले रातारात एमसीसी सम्झौता अनुमोदन गर्ने वातावरण बनेको बताए ।

उनले एमसीसी सम्झौता राष्ट्रघाती हो भनेर प्रचार गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष नेपालले कार्यकर्तालाई बाटो भत्काउन र ढुंगामुढा गर्न लगाएर सत्ता जोगाउन लागिपरेको जिकिर गरे ।

सभामुखले पटक–पटक म पेस गर्दिन भन्ने, म मर्न तयार छु भन्ने अनि अहिले पारित परेको टिप्पणी गरे ।

“एमसीसीमा राष्ट्रघात होइन भने प्रचण्ड र माधव नेपालहरुले कार्यकर्ता उकासेर बाटो भत्काउने र ढुंगामुढा गर्न लगाउनुभयो भने अनि आफूचाहिँ सत्ता जोगाउन लाग्ने,” उनले भने,“एमसीसीमा राष्ट्रघात हो कि हैन । हैन भने किन सडक भत्काउनेदेखि ढुंगामुढा गराउन पुष्पकमल दाहाल र माधव नेपालले किन गर्नुभयो ।”

Share This:
सम्बन्धित खबर
Loading...