धरानको एक होटलमा महिलाको शव फेला, हत्याको आशंका

191

धरान । सुनसरीको धरानमा रहेको एक होटलभित्र महिलाको शव फेला परेको छ ।

धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एन्ड गेष्ट हाउसको कोठा नम्बर १०९ मा अन्दाजी ३०–३५ वर्षीया महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार महिला दुई दिनयता होटलमा बसेकी थिइन् । आज बिहान कोठा सफा गर्न पुगेका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलासँगै होटलमा बसेका पुरुष भने फरार छन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले घटनाको अनुसन्धान भइरहेका जनाएको छ ।

महिलाको सनाखत भएको छैन । तर, इलाका प्रहरी कार्यालय प्रमुख धरानका प्रमुख डिएसपी कुँवरका अनुसार मृतको साथबाट सुमित्रा तामाङ नामको पाँचथर मिक्लाजुङ लेखिएको आइडी कार्ड फेला परेको छ । सोही आइडी कार्डका आधारमा आफन्तलाई बोलाइएको छ ।

महिलाको शरीरमा चोट पटक रहेको र सँगै रहेका पुरुष फरार रहेका कारण प्रहरीले हत्या भएको हुनसक्ने बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...