रतुवा मृग मारेको आरोपमा चैनपुरबाट एकजना पक्राउ

311

चैनपुर । सङ्खुवासभाको चैनपुर नगरपालिका–७ बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घर भइ हाल चैनपुर–७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए ।

अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाइ राखेको रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाले बताए ।

रतुवा मृग मारेको आरोपमा पक्राउ परेका श्रेष्ठको साथबाट एक थान भरुवा बन्दुकसमेत फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए ।

पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत सङ्खुवासभाबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । थप अनुसन्धानका लागि रतुवा मृत चैनपुर सबडिभिजन वन कार्यालय पोखरी पठाइएको प्रहरी निरीक्षक खतिवडाले बताए ।

पक्राउ परेका श्रेष्ठलाई हातहतियार खरखजाना मुद्दामा म्याद थप गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...