बाँकेमा बन्द गराउँदै हिँडेका ५ जना पक्राउ

99

काठमाडौँ । बाँकेमा बन्द गर्दै हिँडेका ५ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

एमसीसी पारित भएको विरोधमा बन्द गराउँदै हिँडेका ५ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए । पक्राउ पर्नेहरुको नाम प्रहरीले खुलाएको छैन ।

संसद्‌बाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ ।

नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजित बुढाथोकी नेतृत्वको पार्टीले आज नेपाल बन्द आह्वान गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...