एमसीसी परिमार्जनसहित अनुमाेदन हुन्छ : बिडारी

216

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सत्ता गठबन्धन कायम रहनेगरी एमसीसी परिमार्जनसहित पारित गर्ने सहमति हुने बतएका छन् ।

शनिबार रिपार्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसी परिमार्जनपछि मात्रै संसदबाट अनुमोदन हुने दाबी गरे ।

“एमसीसी संशोधनसहित पारित गर्नुपर्छ । यो बीचमा भएका पत्राचार हामीले हेर्न पाएका छैनौँ । ८ देखि १० पत्र टेबल हुनुपर्यो । भविष्यमा अमेरिकाले बनाउने र लिने नीति मान्छु भन्ने कुरा राख्नु हुँदैन । यसमा व्याख्यात्मक टिप्पणी हुनुपर्छ । यो व्याख्या नेपाली संसद्ले गर्नुपर्छ । हामी सबै कार्य गर्नका निम्ति अध्ययन गरेर मात्रै टुंगो लगाउँछौँ,” उनले भने ।

नेता बिडारीले आफ्नो पार्टीले यथास्थितिमा एमसीसीको पक्षमा मतदान नगर्ने पनि स्पष्ट पारेका छन् ।

उनले भने, “माओवादीले एमसीसीको पक्षमा मतदान गर्दैन । अहिले मतदान गर्दैन । अहिलेको अवस्थामा हाम्रो पार्टीले यसको पक्षमा मत हाल्दैन । अमेरिकी अनुदान लिने हो तर नेपाललाई हित हुने गरी लिने । सम्झौतामा लेखिएका भाषा र शब्द मिलाउने कुरा छ, यसमै सहमति हुन्छ ।”

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रष्ट रुपमा वर्तमान गठबन्धन कायम राख्ने भनेर धारणा राखिसकेकोले गठबन्धन नटुट्ने दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...