प्रचण्ड र माधवलाई खतिवडाले भने– एमसीसी र सरकारमध्ये एउटा रोज्नुस्

270

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसीसीका बिपक्षमा भए सरकार छोड्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौँमा गरेका साक्षात्कारमा उनले सरकारमा सहभागी दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले अघि सारेका एमसीसीको विपक्षमा उभिने भए सरकार छोड्नुपर्ने बताए ।

“अब प्रधानमन्त्री मुख बाँधेर बस्नु हुँदैन । सरकारमा बस्ने अनि प्रधानमन्त्रीले अघि सारेको प्रस्तावको विरोध गर्ने काम भैरहेको छ । अब उहाँले यस्ताखाले साथीहरुलाई सत्तामा राख्नुहुन्नन । प्रचण्ड र माधव नेपालका पार्टीका साथीहरुले अब कि सरकार छोड्नुहोस् कि एमसीसी रोज्नुहोस् । राजनीतिक स्वर्थ, भोट र सत्ताको उपज दाउपेजको रुपमा प्रयोग गर्ने बानी अब नेताजीहरुले अन्त्य गरौँ ।”

उनले आफ्नो पार्टीले सत्ता वा प्रतिपक्ष जेमा हुँदा पनि एउटै कुरा गरेका र कहिले बोली नफेरेको जिकिर गरे ।

उनले अहिले मुलुक स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा एमसीसीको कारण राजनीति अर्कैतर्फ मोडिएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...